आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यानमारा चालकलाई दस लाख घुसमा छोड्ने इन्स्पेक्टर अख्तियारमै पक्राउ

ज्यानमारा चालकलाई दस लाख घुसमा छोड्ने इन्स्पेक्टर अख्तियारमै पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सवारी ज्यान मुद्दामा घूस लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक पक्राउ परेका छन्। दस लाख रुपैयाँ घूस लिएर नक्कली चालक खडा गरी सवारी ज्यान मुद्दामा चालक नै परिवर्तन गरेको अभियोगमा इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसी पक्राउ परेका हुन्।

घुस खाएर नक्कली चालक खडा गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो। घूसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका उनलाई अख्तियारको टंगालस्थित कार्यालयले पक्राउ गरेको हो। अख्तियारले उनलाई  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

अख्तियारकाअनुसार नवलपरासी गैंडाकोटमा गत वैशाख ११ गते भएको सवारी दुर्घटनामा बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु र अर्का एक जना घाइते भएका थिए। जिसीले घुस लिएर पाण्डेको सट्टा किसुन महतोलाई चालक बनाएर मुद्दा अदालतमा लगेको थियो। पाण्डे परिवारले प्रहरी निरीक्षक जिसीलाई नक्कली पीडित बनाउन रकम दिएको उजुरी अख्तियारमा परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।