आइतबार, साउन २४, २०८३

बोइङको चेतावनी : विमानका पखेटामा समस्या हुनसक्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही ७३७ विमानका पखेटामा समस्या हुनसक्ने चेतावनी दिएको छ। बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ।

विङ्ग स्लट्सले उडान र अवतरणका बेला जहाजको गतिलाई व्यवस्थापन गर्ने काम गर्छ। अमेरिकी उड्डयन नियामकले प्रभावित भागहरू असफल हुन वा चर्कन सक्ने बताएको छ।

संघीय उड्डययन प्रशासनिक प्राधिकरण एफएएले 'अनुपयुक्त निर्माण प्रक्रिया' का कारण समस्या देखापरेको बताएको हो। बोइङ कमर्सियल एयरप्लेन्सका अध्यक्ष एवम् प्रमुख कार्यकारी केभिन म्याक्लिस्टरले एक वक्तव्यमा भनेका छन्, "समस्या पहिचान र ती प्रतिकूल कुराहरूलाई प्रतिस्थापन गर्न हामी हाम्रा ग्राहकलाई हर तरहले सहायता गर्न प्रतिबद्ध छौँ।"

बोइङका अध्यक्ष एवम् प्रमुख कार्यकारी डेनिस मुलेन्बर्गले सीएनबीसीसँग कम्पनीले उक्त मुद्दालाई आपत्कालीन सम्बोधन गरिरहेको बताउँदै भने, "हाम्रा ग्राहकलाई यसको प्रभाव परेको कुराले हामीलाई पश्चाताप छ।"

बोइङको पखेटामा सम्भावित समस्या रहेको खबर आएपछि उक्त कम्पनीको शेयर मूल्य मङ्गलवार बिक्री सुरु हुँदा १.६ प्रतिशतले गिरावट आएको थियो तर पछि त्यसमा सुधार भएर शेयर कारोबार बन्द हुँदा ०.८ प्रतिशत मात्र गिरावट भएको छ।

दुईवटा दुर्घटनापश्चात ७३७ म्याक्स जहाजको संसारभर उडान बन्द भएर समस्यामा रहेको उक्त कम्पनीको विमानहरूमा पछिल्ला समस्याहरू देखिएका हुन्। गत अक्टोबरमा इन्डोनेशिया र मार्चमा इथियोपियामा उक्त विमान दुर्घटना भई ३ सय ४६ जनाको ज्यान गएपछि विश्वव्यापी रूपमा त्यस मोडलको जहाज उडान बन्द गरिएको थियो।

त्यसले उडान अनुमतिपत्र प्रमाणपत्र दिने प्रक्रियाका क्रममा उसको निरिक्षणलाई लिएर एफएएको प्रतिष्ठामाथि प्रश्न उठेको थियो। म्याक्स विमानमा देखिएको समस्या समाधान गरि फेरि उडानयोग्य बनाउन बोइङले एउटा सफ्टवेयर बनाइरहेको छ। तर त्यो सफ्टवेयर प्रयोग गरिएपछि त्यसलाई कसरी सुरु गर्ने भन्नेबारे अमेरिका र क्यानडाबीच मतभेद देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।