आइतबार, साउन २४, २०८३

विप्लव समूहद्वारा व्यक्तिको जग्गा कब्जा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा व्यक्तिका नाममा रहेको जग्गा कब्जा गरेको छ। चाँगुनारायण नगरपालिका–५ निवासी निर्मलाकुमारी पुरी र कमलविनायक–१० चन्द्रमाया सुवालका नाममा रहेको एक रोपनी एक आना जग्गा विप्लव समूहले कब्जा गरेको हो।

विप्लव समूहको भक्तपुर जिल्ला परिषद्को नाममा ब्यानर गाडिएको छ। उक्त जग्गामा गाडिएको ब्यानरमा भनिएको छ, ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन। अन्यथा जनपरिषद्ले कारबाही गर्नेछ।’ चाँगुनारायण नगरपालिकाको कित्ता नम्बर १७९८ उक्त जग्गा कसैले हडपे वा बेचबिखन गरे कडा कारबाही गरिने भन्दै ब्यानर गाडिएको छ। 

सुशीला सुवालका नामबाट खरिद गरिएको उक्त जग्गामा मोहियानी र अंशबन्डासम्बन्धी हकदाबी विशेष अदालतमा मुद्दा विचाराधीन छ। भक्तपुरबाट खटिएको प्रहरीले जग्गामा राखिएको ब्यानर हटाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले झन्डा गाड्ने समूहको खोजी भइरहेको जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।