आज इद उल फित्र विश्वभरका मुसलमानले हर्षोल्लासका साथ मनाइरहेका छन्। मस्जिदमा जानु, नमाज पढ्नु र आपसमा शुभकामना साटासाट गर्नु यो पर्वको विशेषता हो।
मुसलमान धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का–मदिना हो। इद उत्र फित्रमा पनि त्यहाँ धेरै मुसलमान धर्मावलम्बी पुगेका हुन्छन्। मक्कामा एउटा ठूलो ‘ब्याक स्टोन’ छ। त्यसलाई कब्बा भन्निछ। मुसलमान समुदायलाई कब्बाबारे थाहा छ। अन्य धर्मावलम्बीका लागि यो के हो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ। त्यसैले यहाँ मक्का मदिनाको प्रमुख आर्कषण ‘कब्बाका’ ८ रोचक जानकारी दिइएको छ :
जता फर्किएर पनि प्रार्थना गर्ने मिल्छ
कब्बाको भित्रपट्टि जता फर्किएर ढोग्दा पनि हुन्छ।
अल्लाहको घर
कब्बालाई अल्लाहको घर पनि भनिन्छ। कुरानअनुसार यो नै पहिलो प्रार्थना गर्ने घर हो।
पटकपटक पुनर्निर्माण
विभिन्न प्राकृतिक प्रकोप र मानव सिर्जित प्रकोपका कारण कब्बा पटकपटक पुनर्निर्माण गरिएको छ। पछिल्लोपटक यो सन् १९९६ मा पुनर्निर्माण गरिएको थियो।
बहुरंगी
कालो र सुनौलो रङ मिश्रित कब्बा विभिन्न रङको थियो। शताब्दीयौँअघि कब्बाको रङ हरियो, रातो र सेतो पनि रहेको जानकारी रहिआएको छ।
वर्षमा दुईपटक ढोका खुल्छ
कब्बाको ढोका वर्षमा दुईपटक मात्र खुल्छ। लाखौँ मुसलमान मक्का मदिना पुग्छन्। तर अहिले भने भिआईपी र माननीय व्यक्तिहरूको लागि मात्र विशेष अवसरमा भित्र छिर्न दिइने गरेको छ।
कब्बा दुईवटा
कुरानअनुसार कब्बाको स्वर्गमा रहेको पवित्र कब्बाको अर्को प्रतीक हो।
घन आकारमा
कब्बा वर्गाकारको थियो। पुनर्निर्माणमा लाग्ने खर्च पवित्र कमाइबाट हुनुपर्ने थियो। त्यसैले दान प्राप्त रकम यसको पुनर्निर्माणमा खर्च गरिएन। यस कारण कब्बाको आकार वर्गाकारबाट घनाकारमा परिणत भयो।
मुसलमान एकताको प्रतीक
कब्बा मुसलमान एकताको प्रतीक हो। यसले संसारभरका मुसलमानलाई जोडेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४