जनकपुरधाम - इद उल फित्रका अवसरमा नवाज पढाउन गएका एक मौलबीको धनुषामा करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान नवाज पढाउन गएका सबैला नगरपालिका–८ ठिल्लाका मौलबी ३५ वर्षीय मो.हकिम राइनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। राइन इदका अवसरमा सबैला नगरपालिका–३ स्थित इदगाहमा नवाज पढाउन पुगेका थिए।
इदगाहमा बाजा तथा हर्न बजाउन तार जोड्ने क्रममा करेन्ट लागेर राइनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। ११ हजार भोल्टको तारमा आगो लागेपछि तल रहेको बच्चालाई जोगाउन खोज्दा राइनको खुट्टा नांगो तारमा परेर करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका राइनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४