आइतबार, साउन २४, २०८३

अस्पताल र श्रम कार्यालयबाट बिचौलिया पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन पुग्ने बिमारीलाई निजी क्लिनिकमा पठाउने थप एक दलाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २० वर्षीय आरएन राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले तीन दिनअघि बिरामीलाई फकाइफुसलाई निजी क्लिनिकमा पठाउन बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय मनोज यादव र सिरहा नगरपालिका– ११ घर भई हाल जनकपुर बस्दै आएका २५ वर्षीय सञ्जय कामतीलाई पक्राउ गरेको थियो ।

उनीहरु उपचारका लागि अस्पतालको ओपीडीमा पुग्ने बिरामीलाई बाटोमै छेकी फकाइफुस्लाई निजी क्लिनिक र अस्पताल पठाएर कमिसन खाने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने सोझासाझा बिरामीलाई उनीहरु आफ्नो निशाना बनाउने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताएका छन् ।

बिचौलियाले सक्रिय हुँदा अञ्चल अस्पतालमा सस्तो र सुलभ तरिकाले उपचार पाउने भए पनि निजी क्लिनिकमा बढी रकम खर्चगर्न सोझासाझा बिरामी बाध्य हुँदै आएका छन् ।

यसैबीच जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट समेत एक बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–५ बस्ने ३८ वर्षीय राजेश यादव रहेको प्रहरीले जनाएको छ ।

कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति गराइदिने भन्दै बिचौलियाको काम गर्दै आएका यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।