आइतबार, साउन २४, २०८३

नेकपाले आज कार्यविभाजनको टुङ्गो लगाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार (आज) केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुङ्गो लगाउने भएको छ । मध्यान्न १२ बजेपछि बस्ने सचिवालय बैठकले हिजो मंगलबार मिलाउन नसकेको विषयमा थप छलफल गर्दै आज अन्तिम रुप दिने तयारी गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा गरिने उनले बताए ।

हिजो बैठकमा ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्यलाई दिन लागिएको विषमया अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच विवाद भएको थियो । नेता नेपाल दाहोरो जिम्मेवारी दिनु हुन्न भन्ने पक्षमा छन् भने ओली दिनु पर्नेमा अडानमा देखिएका छन् । दुई नेताको अडानका कारण हिजो बैठक निष्कर्षविहिन भएको थियो । 

एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।