आइतबार, साउन २४, २०८३

अखबार : तीन महिना बन्धन बनाएर सामुहिक बलात्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्रथमिकतामा पारेका छन् ।
 
केहिले जिम्मेवारी बाँडफाँडमा नेकपामा देखिएको विवादलाई मुख्य समाचार बनाएका छन् भने केहिले कानुन नै संसोधन गरेर गुठीको जग्गा हडप्ने खेल भएको विषयलाई प्राथमिकतामा पारेका छन् । तीन महिना बन्धक बनाएर सामुहिक बलात्कार गरेको र पूर्वलडाकुले नारकीय जीवन विताउनु परेको विषयलाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
 
आजको अन्नपूर्ण पोस्ट्ले धनुषाकी एक किशोरीलाई तीन महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
तीन जनाको समुहले उनलाई खेतबाट घर फर्किदै गर्दा अपहण गरेर लगेको थियो । सो समुहले उनलाई रातारात भारतको मझपरपुर र्पुयायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भएकोे छ । किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम रहेको समाचारमा उल्लेख छ ।
 
‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’ राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे । फेरि सुई लगाएर बेहोस बनाइदिन्थे ।’ 

जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमालाई उदृत गर्दै अन्नपूर्णले लेखेको छ।
 
यस्तै अन्नपूर्णले सत्तारुढ दल नेकपामा जिम्मेवारी बाँडफाँडलाई लिएर अध्यक्ष केपीशर्मा ओली र माधव नेपालबीच विवाद बढेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्यलाई दिन लागिएको विषमया उनीहरुबीच विवाद भएको हो । नेता नेपाल दाहोरो जिम्मेवारी दिनु हुन्न भन्ने पक्षमा छन् भने ओली दिनु पर्नेमा अडानमा देखिएका छन् ।
 
आजको नागरिक दैनिकले पनि नेकपामा दोहोरा जिम्मेवारी दिने विषयमा नेता नेपालले नमान्ने अडान राखेको विषयलाई प्राथमिकताका साथ छापेको छ । नेता नेपालको यहि अडानका कारण मंगलबारको सचिवालय बैठक निष्कर्षविहिन भएको थियो । 

यस्तै नागरिकले नारकीय जीवन बितउँदै पूर्वलडाकु शीर्षकमा मुख्य समाचार छापेको छ ।

तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी समाचारमा उल्लेख छ । 

आजको कान्तिपुर दैनिकले कानुन नै संसोधन गरेर गुठीको जग्गा हडप्न खोजिएको विषयलाई मुख्य समाचा बनाएको छ ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी छ। विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग रहेको समाचारमा उल्लेख छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।