आइतबार, साउन २४, २०८३

अफगानिस्तानमाथी श्रीलंका विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत श्रीलंकाले पहिलो जित निकालेको छ । मंगलबार राती भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले विश्वकपमा आफ्नो पहिलो जित निकालेको छ । 

बर्षका कारण खेल प्रभावित भएपछि डीएल पद्दतिको आधारमा ४१ ओभरमा १८७ रनको सामान्य लक्ष्य पाएको अफगानिस्तानले ३२.४ ओभरमा मात्र १५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ४३ रन बनाए । उनले ५६ बलमा ६ चौका सहित ४३ रन जोडेका हुन । 

त्यस्तै हजरतउल्लाह जजाईले २५ बलमा ३ चौका र १ छक्का सहित ३० जोडे । कप्तान गुल्बादिन नाइबले २३ र मोहम्मद नाबीले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । त्यस्तै लाथिस मालिंगाले ३ तथा थिसरा पेरेरा र इसुरु गदनाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन जोडेको थियो ।तर, खेल बर्षले प्रभावित पारेपछि डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १८७ रनको लक्ष्य सुम्पेको थियो ।

सानदार सुरुवात गरेको श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान नचल्दा सामान्य योगफलमै सिमित हुन पुग्यो । श्रीलंकाका लागि कुसलले ७८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८१ ब्लमा ८ चौका प्रहार गर्दै ७८ रन जोडेका हुन् ।

त्यस्तै कप्तान डिमुथ करुनारत्नले ३० रन जोडे । उनले ४५ बलमा ३ चौका प्रहार गर्दै ३० रनको योगदान दिए । लाहिरु थिरिमानेले ३४ बलमा १ चौका प्रहार गर्दै २५ रन जोडे । लक्मलले १५ र इसुरु उदानाले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

१३ ओभरमा ९२ रन पुग्दा पहिलो विकेट गुमाएको श्रीलंकाले २२ औं ओभरमा १४४ रनमा दोस्रो विकेटको रुपमा थिरिमानेलाई गुमायो । त्यसपछि एक पछि अर्को गर्दै श्रीलंकाले विकेट गुमाउँदै गरे पछि श्रीलंका संकटमा पर्यो ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले ४ विकेट लिए । त्यस्तै डवालत जद्रान र राशिद खानले समान दुई दुई विकेट लिदा हामिद हसनले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।