शनिबार, मंसिर २३, २०८०

अनैतिक सम्बन्धको आशंकामा बुबा र श्रीमतीको हत्या

धनुषामा मंगलबार बिहानै ससुरा र बुहारीको हत्या गरेर शव एकैसाथ गाडिएको अवस्थामा फेला पर्‍यो। दुवैको हत्या मृतक महिलाका पतिले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
 |  मंगलबार, भदौ ८, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

जनकपुरधाम– धनुषामा मंगलबार बिहानै ससुरा र बुहारीको हत्या गरेर शव एकैसाथ गाडिएको अवस्थामा फेला पर्‍यो। दुवैको हत्या मृतक महिलाका पतिले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

sagarmatha cement

युवकले बुबा र श्रीमतीको हत्या किन गरे भनेर अनुसन्धान गर्दा उनीहरुबीच अनैतिक सम्बन्ध कारक देखिएको प्रहरीले बताएको छ। अनैतिक सम्बन्धकै आशंकामा मिथिला बिहारी नगरपालिका–५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

दुवैजनाको शव घरनजिकै रहेको झाडीमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो। एउटै खाल्डोमा ससुरा र बुहारीको शव राखिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। 

स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघिमात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए। घर आएको केही दिन नबित्दै बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका भागेश्वरले गरेका थिए। यो विषयलाई लिएर पति–पत्नीबिच पटक पटक विवाद समेत भएको थियो। सोमबार राति पनि पत्नी र बुबा दुवैसँग भागेश्वरको विवाद भएको स्थानीयको भनाइ छ।

विवादपछि भागेश्वरले बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ। भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन्।

Metro Mart
worldlink

विवादपछि सोमबार रातिदेखि नै ससुरा र बुहारी दुवै बेपत्ता थिए। खोजबिन गर्दै जाँदा शव गाडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरेको छ। बयानमा क्रममा अभियुक्तले हत्या गरेर शव गाडेको स्वीकार गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। 

मृतक दुवैजनाको टाउकोमा गहिरो चोट देखिएको छ। प्रहरीका अनुसार टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको हुन सक्छ। गए राति नै हत्या गरेर शव गाडेको आशंका प्रहरीको छ।

शव निकालेर प्रहरीले अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ।

प्रकाशित: Aug 24, 2021| 13:26 मंगलबार, भदौ ८, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्