आइतबार, साउन २४, २०८३

ट्रक र स्कुटर ठोक्किदा नर्सको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुनसरी- कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ।

धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो।

उनको प्रतिष्ठानमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना ५ ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।