रसुवा- रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डअन्तर्गत त्रिशुली नदिमा टाटासुमो पल्टिदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार साँझ भएको दुर्घटनामा परि घटनास्थलमै २ जनाको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन्।
पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटनामा परि ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले वेपत्ता भएका छन् ।
बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। जिप नदीमा डुबेकाले वेपत्ता भएका तीनजनालाई त्रिशुलीले बगाएको आशंका गरिएको छ।
११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेको हो । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४