आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवका प्रवक्ताले भने- प्रहरी चौकी हान्ने कुनै योजना छैन

विप्लवका प्रवक्ताले भने- प्रहरी चौकी हान्ने कुनै योजना छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द विप्लव समूहले  आक्रमण गरेको हल्लापछि उक्त समुहले त्यसको प्रतिवाद गरेको  छ।

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको भन्दै उक्त आक्रमणको प्रतिवाद गरेका हुन् । 

उनले पार्टीमाथि षड्यन्त्र भएको र आफूहरुलाई सिध्याउन नभएको आक्रमणको हल्ला फिजाइएको उनले विज्ञप्तीमार्फत बताएका छन् । आफूमाथि स्वयम् सरकारले षड्यन्त्र गरेको उनको दावी छ । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–’सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।