आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ २० गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

निजी क्लिनिकमा बिरामी पठाउने दलाल पक्राउ

जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आउने ग्रामीण भेगका सोझासाझा मानिसलाई फकाइफुसलाई निजी क्लिनिकमा पठाउने दुईजना दलाल प्रहरी फन्दामा परेको छ।

विप्लव नेतृत्व भन्छ : सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टी नीति छैन

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ। 

नेपालमा चार लाख ८५ हजार दुर्व्यसनी

नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ।

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा

राजधानीमा सार्कस्तरीय वैज्ञानिक सम्मेलन हुने भएको छ । प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको समन्वयमा मंगलबार र बुधबार वैज्ञानिक सम्मेलन हुन लागेको हो ।

मोदी 'पुनरागमन' पछि कस्तो असर पार्ला नेपाललाई ?

भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री भएका छन्। भारतीय जनता पार्टीले बहुमत ल्याएर सरकार गठन गरेकाले मोदी नेतृत्वको सरकारलाई शक्तिशाली भनिएको छ। हुन त मोदीको यो दोस्रो कार्यकाल हो। त्यस्तै भारतमा सत्ता परिवर्तन हुनेबित्तिकै नेपाल मामिलामा ‘साउथ ब्लक’ ले हेर्ने रणनीति परिवर्तन हुँदैन। तर दोस्रो कार्यकालमा शक्तिशाली रूपमा उदाएपछि नेपालप्रति उनको चासो कस्तो होला भन्ने जिज्ञासा उठ्न थालेको छ।

दोहोरो अंकले घट्यो नेप्से

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ। 

सोलु आक्रमण प्रयास : सरकारको नाकमा विप्लवको गोली 

आइतबार राति १२ बज्दै थियो। सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा रहेका प्रहरीहरूको भागाभाग भयो। जनताको ज्यूधनको सुरक्षाका लागि खटिएका प्रहरी आफै भाग्न पुगे। यसको कारण थियो विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्ने सूचना।

सुक्न थाले शुक्लाफाँटाका ताल

लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।

विप्लवले चौकी आक्रमण गर्ने सुइँको पाएपछि प्रहरीको भागाभाग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि त्यहाँ कार्यरत प्रहरी भागेका छन्। आइतबार राति १२ बजे ३० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेपछि त्यहाँ कार्यरत सातजना प्रहरी हतियार बोकेर सुरक्षितस्थल तर्फ गएको स्थानीयले बताए।

'कहिले बन्छ नेपाल रोजगारीको गन्तव्य स्थल?'

नेपाली कांग्रेसकी नेता डा. डीला संग्रौलाले सरकारले पाँच लाखलाई रोजगारी सिर्जना गर्ने भनेपनि युवाहरु विदेशिने क्रम नरोकिएको बताएकी छन्। 

नेकपाकै सांसद भन्छन् : सडक सुरक्षामा सरकार असफल

सत्तारूढ दल नेकपाका सांसद नवराज सिलवालले सरकारले सडक सुरक्षामा ध्यान दिन नसकेको आरोप लगाएका छन्। सिलवालले सोमबार संघीय संसद्मा बोल्दै काठमाडौंको नागढुंगा–कलंकी सडक खण्डमा दैनिक सडक दुर्घटना बढ्दै गएको र सडक सुरक्षामा सरकारको ध्यान नपुगेको आरोप लगाएका हुन्।

भारतमा रेलले किचेर २ नेपालीको मृत्यु 

भारतको बाघपुल नजिक रेलले किचेर दुई नेपालीको मृत्यु भएको छ। 

'मिथिला प्रदेश'मा सरकारकाे हिन्दी मोह !

संघीयत सिद्धान्तअनुरुप प्रादेशीक सरकारहरु कार्यान्वयनमा आएको डेढ वर्ष पुरा भइसकेको छ ।

एकाएक किन लाग्यो 'प्रचण्डको गति'मा ब्रेक ?

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुवैको स्कुलिङ सशस्त्र युद्धबाटै भएको हो। फरक यति हो कि ओलीको सशस्त्र युद्ध छोटो समय चल्यो, प्रचण्डको लामो । ओलीको सशस्त्र संघर्ष पार्टी आफैँले थन्क्यायो भने प्रचण्डको सम्झौताबाट टुंगियो। ओलीका सेना कार्यकर्ता भए भने प्रचण्डका सेना समायोजन भए।

पति दिर्घायुको कामना गर्दै ‘बटसावित्री’ पर्व मनाइँदै

मिथिलाञ्चलकी महिलाहरुले पति दिर्घायुको कामना गर्दै सोमबार उल्लास एवं श्रद्धापूर्वक बटसावित्री पर्व मनाउँदै छन् । जेष्ठ महिनाको अमावस्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन् ।

अर्घाखाँचीमा हावाहुरीले ६० घरगोठ उडायो

आइतबार साँझ आएको भीषण हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका ६० घर गोठमा क्षती पुगेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । 

धरानमा डेङ्गु नियन्‍त्रण बाहिर : ७५ जना बिरामी 

धरानमा फैलिएको डेङ्गु ज्वरोको प्रकोप नियन्त्रण बाहिर गएको छ । स्थानीय स्तरबाट भएको प्रयासले डेङ्गु नियन्त्रण गर्न नसकिएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ । 

कैलालीमा पनि हावाहुरी, ७ जना घाईते 

कैलालीमा हावाहुरीका कारण विभिन्न ठाउँमा क्षती भएको छ। हावाहुरीसंगै परेको चट्याङका कारण ७ जना घाईते भएका छन्। 

ठमेलमा के देखे प्रहरीले ? व्यवसायीलाई यस्ताे सुझाव  

नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् । 

नवलपरासीमा भीषण हावाहुरी, एक बालिकाको मृत्यु 

नवलपरासीमा भीषण हावाहुरी आएको छ । आइतबार बेलुका आएको हुरीका कारण विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । 

रिक्सा चालकको आन्दोलन, मारमा यात्रु (फोटो फिचर)

धनगढीका विद्युतीय रिक्सा चालक मजदुरहरूले रिक्सा चलाउन छोडेपछि यात्रुहरुको मर्कामा परेका छन्। रिक्सा चालक आन्दोलनमा उत्रिएपछि यात्रुहरु अलपत्र परेका हुन्। धनगढीको टनटलापुर घाममा यात्रु पैदलै हिँडेर गन्तब्यमा पुग्नु परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।