आइतबार, साउन २४, २०८३

बालयौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक यादव पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम– बालयौन दुव्र्यवहार गरेको आरोपमा रौतहटबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–५ बंकुल डायानामिक इंङ्गलिस बोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक ३० वर्षीय मनेर यादव रहेका छन्।

१९ जेठमा पक्राउ परेका शिक्षक यादवलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो। १७ जेठमा यादवले सोही विद्यालयको एलकेजीमा अध्ययनरत एक ४ वर्षीया बालिकासँग यौन दुव्र्यवहार गरेको आरोप छ। प्रहरीले जनाएअनुसार यादवले ती बालिकालाई विद्यालयको महिला शौचालयमा लगी यौन दुव्र्यहार गरेका थिए।

घटनाको सूचनापछि १९ जेठमा ईलाका प्रहरी कार्यालय कोपवा रौतहटबाट खटेको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा यादवले बालयौन दुव्र्यवहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।