आइतबार, साउन २४, २०८३

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल फोटो

काठमाडौं- राजधानीमा सार्कस्तरीय वैज्ञानिक सम्मेलन हुने भएको छ । प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको समन्वयमा मंगलबार र बुधबार वैज्ञानिक सम्मेलन हुन लागेको हो ।

प्रतिभाशाली युवा वैज्ञानिकलाई थप प्रोत्साहनको वातावरण सिर्जना गर्नका लागि वैज्ञानिकले गरेका खोज, अध्ययन र अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको सम्मेलनका संयोजक प्रा.डा. दीपक अर्यालले जानकारी दिए।

सम्मेलनमा सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा  कार्यान्वयन गर्न उद्योग, पर्यटन वन तथा वातावरणलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भइरहेका नवीनतम अध्ययन,  अनुसन्धान, अन्वेषणबारे परामर्श गरिनेछ । यस्तै विकासको वैज्ञानिक परामर्श गरी सार्क राष्ट्रहरुमा भइरहेका वैज्ञानिक उपलब्धिका अनुभव साटसाट गरेर वैज्ञानिक अध्ययन एवं अनुसन्धानका विद्यमान प्रयोगबारे जानकारी आदानप्रदान हुनेछ । सम्मेलनमा जलवायु परिवर्तन, वन, कृषि, पर्यटन, ऊर्जा, जल, जमिन एवं वातावरण लगायतका विषयमा दिगो विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्दा नीतिनियममा सहयोग यग्ने आशा राखेको मन्त्री अरुण नेपालले बताए ।

सम्मेलनमा सार्क राष्ट्रसहित जर्मनी, बेलायत, चीन र फिनल्यान्डका युवा वैज्ञानिक सहभागी हुनेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।