आइतबार, साउन २४, २०८३

एकाएक किन लाग्यो 'प्रचण्डको गति'मा ब्रेक ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुवैको स्कुलिङ सशस्त्र युद्धबाटै भएको हो। फरक यति हो कि ओलीको सशस्त्र युद्ध छोटो समय चल्यो, प्रचण्डको लामो । ओलीको सशस्त्र संघर्ष पार्टी आफैँले थन्क्यायो भने प्रचण्डको सम्झौताबाट टुंगियो। ओलीका सेना कार्यकर्ता भए भने प्रचण्डका सेना समायोजन भए।

ओली  र प्रचण्डका यी विशेषता मात्र फरक होइन, पहिलादेखि नै यिनीहरूको अडान र बोलीमा एकरूपता छैन । जनआन्दोलन २०६२ मा जनता सडकमा कम आएपछि ओलीले एउटा तिखो टिप्पणी गरेका थिए, ‘यो तालले गणतन्त्र आउनु भनेको ठेला गाडा चढेर अमेरिका जानु जस्तै हो ।’ उनको यो टिप्पणीलाई गणतन्त्रविरोधी भनेर धेरैले आलोचना गरेका थिए।

संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन एमाले नराम्रोसँग पराजित भयो । झापाबाट काठमाडौँ आएर सीधै पार्टी कार्यालय पुगेका ओलीलाई झन्डै एक दर्जन सञ्चारकर्मीले घेरे । सोधे, ‘माओवादीसँग चुनावी तालमेल गरेको भए यस्तो हालत हुने थिएन कि ?’ ओलीको जबाफ थियो, ‘अर्कोको बैसाखी टेकेर गरेको राजनीति लामो समय टिक्दैन।’

ओली बोल्दा को रिसाउँछ रिसाउँदैन मतलब राख्दैनन् । उनको अडानमा परिवर्तन हुँदैन। तर प्रचण्डको विशेषता फरक छ। उनी तत्काल अगाडि रहेको मासलाई प्रभाव पार्ने गरी बोल्छन् । तर यसरी बोल्दा उनी नराम्ररी चिप्लन्छन् ।

अध्यक्ष प्रचण्डले सत्ता आलोपालोको कुरा मात्र गरेका छैनन्, पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभए कोही नटिक्ने भन्दै ओलीलाई कडा चेतावनी दिएका छन्। उनले पार्टी एकताका समयमा भएको समझदारी अनावश्यक उचाल्न नहुने बताएका छन्।

उनले यसअघि बोलेका कुरा पनि अस्थिर र पछि सच्याउने किसिमका थिए। भरखरै शान्ति प्रक्रियामा आएपछि उनले खन्ना गार्मेन्टमा दिएको प्रशिक्षण विवादमा परेको थियो। केही समयअघि उनले जंगल जान्छु र बुद्ध बन्छु भनी दिएको अभिव्यक्ति पनि विवादमा परेको थियो।

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा गएका बेला उनले बोलेको कुराप्रति ओलीले कडा व्यंग्य गरेका थिए। ओलीले भनेका थिए, ‘त्यो सहमतिपत्र कहिल्यै गोप्य थिएन, उहिल्यै सार्वजनिक भएको कुरा हो ।’ उनले त्यसलाई अनावश्यक विषय उछालिएको समेत टिप्पणी गरेका थिए। ओलीले आफ्नो कार्यकाल एक वर्ष होइन चारपाँच दिन मात्र बाँकी रहेको भन्दै प्रचण्डको भनाइमाथि चर्को व्यंग्य गरेका थिए। 

ओलीको यो व्यंग्यपछि प्रचण्ड नौली झारजस्तै लपक्क भएका थिए। त्यसमाथि आफूले आशा गरेका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि उनको टोन एकाएक बदलिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।