आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पति दिर्घायुको कामना गर्दै ‘बटसावित्री’ पर्व मनाइँदै

पति दिर्घायुको कामना गर्दै ‘बटसावित्री’ पर्व मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- मिथिलाञ्चलकी महिलाहरुले पति दिर्घायुको कामना गर्दै सोमबार उल्लास एवं श्रद्धापूर्वक बटसावित्री पर्व मनाउँदै छन् । जेष्ठ महिनाको अमावस्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन् ।

यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने गर्दछन् । बटसावित्री पर्वको अवसरमा पूजाअर्चनागर्न जनकपुरलगायत यस भेगका गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको घुइँचो लागेको छ ।

नव विवाहिताहरु एकदिन अगाडीनै चोखो भएर अरबा अरबाइइन (शुद्ध) खानेकुरा खाने गर्दछन् भने बटसावित्री पर्वगर्ने सबै महिलाहरु नया बस्त्र लगाई बटसावित्रीको गीत गाउँदै समूहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् ।

बरको रुख नजिक पूजाआजा गर्न पुगेका महिलाहरु बटसावित्रीको कथा समेत सुन्ने गर्दछन् । यस दिन बरको रुखलाई पूजा गर्नाले पतिको आयु लामो हुने पौराणिक मान्यता रहेको छ । 

बटसावित्रीको पूजन समाग्रीका रुपमा मुख्य रुपले आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ । विगतमा यस क्षेत्रका कायस्थ, ब्राह्मण र सोनार समूदायले मात्र मनाउने गरेको बटसावित्री पर्व विस्तारै अन्य समूदायले समेत श्रद्धापूर्वक मनाउन थालेका छन् ।

विगतमा तराई क्षेत्रमा मात्र मनाइने बटसावित्री पर्व काठमाण्डौैंसहित पहाडी जिल्लाहरुमा समेत मिथिलाञ्चल क्षेत्रकी विवाहिता महिलाहरु मनाउने गरेका छन् । 

पौराणिक मान्यता अनुसार यस दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेका थिए तर सावित्रीले देखाएको मायाका कारण यमदूतसमेत उनको पतिको ज्यान लिन सकेनन् ।

यसैकारणले मिथिलाञ्चलका नारीहरु बटसावित्री पूजा गर्ने गर्दछन् । बटको अर्थ बरको रुख जसको आयु लामो हुने भएकोले यस रुखको पूजा गरिए पतिको आयु लामो हुने पौराणिक मान्यता रहेको छ ।
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।