अर्घाखाँची- आइतबार साँझ आएको भीषण हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका ६० घर गोठमा क्षती पुगेको छ ।
पानीसहित आएको हावाहुरीले छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालयसहित कम्तीमा ६० घरगोठको छानो उडाएको हो ।
वल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षति पुगेको बताइएको छ । हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौ बोटहरु भाँचिएको छ ।
हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४