आइतबार, साउन २४, २०८३

दीपेन्द्र टुकुचाबाट भाग्थे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मैले राजदरबारमा १३ वर्ष काम गरेँ। म राजपरिवारको सुरक्षाका लागि खटिएको टोलीमा थिएँ। दरबार हत्याकाण्ड भएको दिन जेठ १९ गते म तालिममा महाराजगन्जमा थिएँ। हत्याकाण्डको समाचार सुन्नेबित्तिकै मलाई तत्कालीन युवराज दीपेन्द्रको उद्दण्ड स्वभावको याद आयो। कतै उनैबाट त यस्तो घटना भएन भन्ने लाग्यो।

दरबार बस्दा दीपेन्द्रलाई धेरै खालको सैन्य तालिम दिइन्थ्यो। उनलाई मैले जुडोको तालिम दिएको हुँ। उनीसँग मज्जाले जुडो खेल्थेँ। दीपेन्द्रसँग मेरो लामो समय संगत रह्यो। उनी ज्यादै उच्छृंखल थिए। उद्दण्ड र घमण्डी स्वभावका थिए। हुन त दरबारभित्रको कुरा बाहिर कसैलाई थाहा हुँदैनथ्यो। बाहिर उनको छवि भलाद्मी देखिए पनि भित्र त्यस्तो थिएन। नजिकबाट ड्युटी गर्ने हामीलाई मात्र वास्ताविक थाहा हुन्थ्यो। त्यसबेला बाहिर भन्न मिल्दैनथ्यो। तर भित्र मैले त केही सााथीसँग भनेको पनि थिएँ– दीपेन्द्र राजा हुँदैनन् । यस्तो तालको मान्छे कसरी राजा होला जस्तो लाग्थ्यो।

एकपटक दीपेन्द्रको हर्कतले हाम्रो जागिर नै झन्डै गएको थियो । दीपेन्द्र बूढानीलकण्ठ स्कुलमा पढ्थे। उनी होस्टलमा बस्थे। उनको सुरक्षाका लागि हामी त्यहीँ खटिएका थियौँ।

दीपेन्द्रको एसएलसी सकियो। त्यसपछि उनी राजदरबार फर्किए। उनी फर्किएपछि हामीलाई पनि हल्का महसुस भयो। त्यो दिन हामी स्कुलमै रमाइलो गर्न लाग्याैँ। हामीबीच खानपिन पनि चल्यो। यसबीचमा म यसो बाहिर हेरेर निस्केको त तीन युवा स्कुलको गेट चढ्दै गरेको देखेँ। त्यसमध्ये एकजना दीपेन्द्र रहेछन् । अनि दरबारमा सेनाको च्यानलबाट बुझ्ने काम भयो। उनी दरबारमा नरहेको खबर आयो । कसले छोड्यो भनेर दरबारमा हल्लीखल्ली मच्चियो।  रातको समयमा सुरक्षाबिना राजपरिवारलाई बाहिर पठाउने चलन थिएन। तर उनी कताबाट निस्किए भनेर सोधपुछ हुँदा थाहा भयो, दीपेन्द्र त राजदरबारबाट बग्ने टुकुचाको ढलबाट आफ्ना केही साथीसँग भागेका रहेछन् ।

मैले दीपेन्द्रसँग धेरै समय बिताएको छु । उनको सुरक्षाका लागि हामी पछिपछि अर्को गाडीमा हुन्थ्यौं। उनले तीव्र गतिमा गाडीमा चलाउँथे । हामीलाई भेट्टाउन हम्मे हुन्थ्यो।

दरबार हत्याकाण्डमा दीपेन्द्रको हात छ भन्दा बाहिरका मानिस कोही पत्याउँदैनन् । उनी उद्दण्ड र सन्की स्वभावका युवराज थिए। उनीसँग लामो संगत गरेका हिसाबमा म भन्छु दीपेन्द्रले नै दरबार हत्याकाण्ड गरेका हुन्। अनि आफैँ गोली हानेर मरेका हुन् ।

(नेपाली सेनाका पूर्व सुबेदार खड्कासँगको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।