आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अबको तीन दिन लगातार वर्षा हुने : अझै २ सातापछि मनसुन भित्रिने

अबको तीन दिन लगातार वर्षा हुने : अझै २ सातापछि मनसुन भित्रिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अबको तीन दिन लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बंगालको खाडीबाट आएको जलवाष्प र नेपालको पूर्व पश्चिम क्षेत्रमा फैलिएको न्यूनचापीय रेखाका कारण आगामी तीन दिनसम्म मौसम केही खराब हुने महाशाखाले जनाएको हो । आगामी तीन दिन मेघ गर्जनसहित वर्षा र हावाहुरीको पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
 
आज आइतबार देशका अधिकांश ठाउँमा हल्कादेखि भारी वर्षा हुने मौसमविद् समीर श्रेष्ठले जनाकारी दिए । देशैभर आंशिकदेखि सामान्य बदली रहने र केही पहाडी भूभाग तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने उनले बताए । 

यसैगरी सोमबार (भोलि) पनि मौसम खराबनै हुनेछ भने मंगलबार पनि देशका अधिकांका ठाउँमा हल्कादेखि भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ । 

मनसुन सुरु हुन अझै दुईसाता लाग्ने  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सुरु हुन अझै दुई साता लाग्ने भएको छ । भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि मनसुन भित्रिन ढिला हुने देखिएको हो ।

प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ । भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विगतका वर्षमा भारतको केरलामा १ जुनमा मनसुन सुरु हुँदा नेपालमा १० जुनमा मनसुन प्रवेश गथ्र्यो तर यसवर्ष अझै केरलामा मनसुन प्रवेश नगरेकाले नेपालमा पनि औसतभन्दा ढिलो गरी मनसुन सुरु हुने मौसमविद्हरुले जनाएका छन् । 

वर्षको मनसुनमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । लामो समयदेखिको खडेरी हट्दै गइरहेको र पूर्व्तिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने मौसमविद्ले जानकारी दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।