काठमाडौ- नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) घरेलु टोली मलेसियासँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । खेल मलेसियाको बुरीत जालिल मैदानमा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुने छ ।
मलेसियासँग मैत्रिपूर्ण खेल खेल्न मलसिया पुगेको नेपाली टोली उसैको घरेलु मैदानमा पराजित गरने दाउमा रहेको छ । तर, घरेलु टोलीलाई पराजित गर्न भने नेपाली टोलीलाई मुस्किल पर्ने छ ।
नेपालले हालसम्म मलेसियासँग ६ खेल खेल्दा कुनै खेल पनि जित्न सकेको छैन् । ६ खेलमा ५ खेल गुमाएको नेपालले एक खेल बराबरी खेलेको छ । सन् १९८३ मा भएको पहिलो भेटमा नेपाल ७-० ले पराजित भएको थियो भने १९८५ मा भएको दोस्रो भेटमा नेपालले गोल रहित बराबरी खेल्यो ।
त्यस्तै १९८५ मा नै भएको दोस्रो खेलमा नेपाल ५-० ले पराजित हुँदा १९८९ मा २-० को अन्तरले पराजित भएको थियो । १९८९ मा नै भएको दोस्रो भेटमा नेपाल ३-० ले पराजित हँदा पछिल्लो पटक २००८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ४-० ले पराजित भएको थियो ।
दुई महत्वपूर्ण खेलाडी विना मैदान उत्रिने नेपाली टोलीको कप्तानी डिफेन्डर विराज महर्जनको सम्हाल्ने छन् । मलेसियाको मैत्रिपूर्ण खेल पछि नेपाल चाईनिज ताईपे पग्ने छ । नेपालले चाईनिज ताईपेसँग जुन ६ मा आफ्नो दोस्रो मैत्रिपूर्ण खेल खेल्ने छ । यतिबेला नेपाल विश्वकप छनोटको तयारीमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४