आइतबार, साउन २४, २०८३

'गलबन्दी' युट्युवको ट्रेन्डिङ वानमा (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- निकै चर्चा कमाएको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युवको ट्रेन्डिङ नम्बर वानमा आएको छ। 

प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतलाई आइतबार बिहान ८ बजेसम्ममा ५१ लाख ८७ हजारले युट्युवमा हेरेका छन् । यो गीत एक साता अघि सार्वजनिक गरिएको हो ।
 
यो गीतको शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन प्रकाश सपुतले नै गरेका हुन् । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ दिएकी छिन् । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ ।

भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ । परम्परागत रोधीको झल्को आउने गरी बनाइएको गीतको शब्द, सङ्गीत र प्रस्तुतीकरणलाई स्रोता, दर्शकले अत्याधिक रुचाएका छन् ।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।