आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ १८ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

प्रदेश १ मा मिल्क पाउडर प्लान्ट बन्दै 

प्रदेश १ मा पहिलोपटक सहकारी र निजी क्षेत्रको साझेदारीमा मिल्क पाउडर प्लान्ट बन्ने भएको छ। इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड मोरङको सगरमाथा एकिकृत दुग्ध उद्योग प्रबद्र्धन केन्द्र प्राली र विराटनगरको जीवन विकास डेरी प्रोडक्टर्स प्रालिको संयुक्त लगानीमा बन्ने प्लान्टको कुल लागत २८ करोड, ६१ लाख, ३३ हजार, ७० रुपैयाँ रहेको साझेदारहरुको भनाई छ। प्रदेश १ सरकारले २० करोड अनुदान दिएपछि सहकारी र निजी क्षेत्रको साझेदारीमा प्लान्ट बन्ने प्रकृया अगाडि बढेको हो।  

डुबेर दुई विद्यार्थीको मृत्यु

लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो।

‘प्रचण्ड र विप्लपलाई मारेर गणतन्त्र संस्थागत हुँदैन’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले को बन्ने प्रधानमन्त्री बन्ने भन्ने विषय नेकपा भित्रको घरको कुरा भएको बताएका छन्। उनले सो विषयमा नेपाली कांग्रेस प्रवेश गर्न नचाहने बताए। 

सरकार उल्टो बाटोमा हिड्यो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार उल्टो बाटोमा हिडेको आरोप लगाएका छन्। ‘संघियता र संविधानताको मर्मविपरित सरकार उल्टो बाटोमा हिडेको छ,’ शनिबार सुर्खेत आएका नेता पौडेलले भने ‘प्रदेश र स्थानीयको अधिकारलाई नदिएर केन्द्रिकृति सोचबाट सरकार अगाडी बढ्न खोज्दै छ।’

सरकारी शैली निरंकुशतावादी : देउवा

नेकपा नेतृत्वको सरकार निरंकुश हुदै गएको भन्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्।

यार्सा संकलकको २० लाखको बिमा

यार्सागुम्बा संकलन गर्न बैधानिक हिसाबले वन क्षेत्रमा प्रवेश गर्नेका लागि यस वर्षदेखि सरकारले प्रतिव्यक्ति २० लाखसम्मको जीवन बिमा गरिदिएको छ। दार्चुलामा यार्सागुम्बा संकलन गर्न जानेहरूले अब पाँच सयदेखि दुई हजार रुपैयाँसम्म तिरेर अनुमति पत्र अनिवार्य लिनुपर्ने भएको छ। 

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्दार

बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई एअरलिप्ट गरेर नेपालगंज लगिएको छ। वुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२वर्षीया रमिला रोकायालाई सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगञ्ज गरिएको हो।

आहा ! लुक्ला विमानस्थल

विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैमा पर्यटकीय आकर्षणको केन्द्र हो। अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण लुक्लाको स्थानीय जीवनशैली, रहनसहन र संस्कृतिसँगै त्यहाँको भौतिक पूर्वाधारले थप सुसज्जित तुल्याएको छ। 

जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन्। पार्टीको रौतहट–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए। 

देशभर हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बीस कर्मचारीका लागि सोह्र सयको आवेदन

झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन्।

शान्ति ठटालका सृजनाले घन्कियो ‘आर’ शाला

नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन्। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए। 

पाँचथर नरसंहार : प्रहरी अनुसन्धानको खुलासा यस्तो छ

पाँचथरको मिक्लाजुङ-३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा ज्वाँइ मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ। जेठ ६ गते राति दुई घरमा बसेका एकै परिवारका नौं जनाको सामूहिक हत्यामा नातामा कान्छा ज्वाईँ पर्ने ३३ वर्षीय मानवहादुर माखिमले गरेको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको हो।

माटोका भाँडामा मिठो स्वाद

बिएचएम (होटल व्यवस्थापनमा स्नातक) सकाएका हरि पाण्डेसहित चार जना विद्यार्थी भविष्यको गन्तव्यबारे अन्योलमा थिए। योग्यता र क्षमताअनुसार जागिरको निश्चित थिएन। त्यसैले उनीहरू विदेश जाने कि यतै केही गर्ने भन्ने दोधारमा थिए। त्यही क्रममा उनीहरू उपत्यकाबाहिर निस्किए। ती युवक वीरगन्ज पुगे। त्यहाँ गएपछि उनीहरूबीच आफ्नो भविष्यबारे गहन छलफल भयो। तर के गर्ने भन्ने निष्कर्ष निस्कन सकेन। 

सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका - ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ।

नेपालमै कलेजोको सफल प्रत्यारोपण, भारतभन्दा सस्तो

 शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ।  प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पतालमा तीन वर्षको प्रयासपछि शुक्रबार कलेजोको सफल प्रत्यारोपण भएको हो। 

‘विवादित’ काङनाङ विश्वविद्यालयसँग त्रिविको शैक्षिक सम्झौता

दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिएको भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ। सो विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले त्रिविका कुलपतिसमेत रहेका ओलीलाई सो उपाधि प्रदान गरेका थिए।

व्यवसायीको प्रश्‍न : उड्ने र गुड्नेमा भ्याट नलाग्‍ने, जेटबोटमा लाग्‍ने?

नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीमा जलयात्रा गराउने व्यवसायीहरुले सरकारले बजेटमा आन्तरिक जलयात्रा विकासको कुरा समेटेपनि आफूहरु पीडित भएको बताएका छन्। 

विश्वकपमा गेलको नयाँ रेकर्ड

वेस्टइन्डिजका ओपनर तथा आक्रमक ब्याट्सम्यान क्रिस गेलले विश्वकप एकदिवसीय क्रिकेटमा नयाँ रेबर्ड बनाएका छन् । उनले शुक्रबार पाकिस्तानविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक छक्का पहर गर्ने खेलाडीको रेकर्ड आफ्ना नाममा गरेका हुन् । 

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति भर्जिनिया विच सिटीका कर्मचारी हुन्। उनी लामो समयदेखि त्यहाँ काम गर्दै आएका थिए।

स्वदेश फर्कदैं उपराष्ट्रपति

अष्ट्रियाको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन एक साता लामो भ्रमण सकेर शनिबार स्वदेश फर्कँदै छन्। उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ।

प्रचण्डलाई ओलीको व्यंग्य : सरकार ४–५ दिनमै ढल्छ

काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयवस्तुलाई आफ्नो प्राथमिकतामा पारेका छन् भने केही राष्ट्रिय दैनिकले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा नेपाली सञ्चारकर्मीहरुसँग गरेको कुराकानीलाई प्राथमिकतामा साथ प्रकाशन गरेका छन्। 

यार्सागुम्बा टिप्न गएका तीनको मृत्यु

डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो। 

प्रचण्ड भन्छन् : पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्नुस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।