आइतबार, साउन २४, २०८३

प्रदेश १ मा मिल्क पाउडर प्लान्ट बन्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी–  प्रदेश १ मा पहिलोपटक सहकारी र निजी क्षेत्रको साझेदारीमा मिल्क पाउडर प्लान्ट बन्ने भएको छ। इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड मोरङको सगरमाथा एकिकृत दुग्ध उद्योग प्रबद्र्धन केन्द्र प्राली र विराटनगरको जीवन विकास डेरी प्रोडक्टर्स प्रालिको संयुक्त लगानीमा बन्ने प्लान्टको कुल लागत २८ करोड, ६१ लाख, ३३ हजार, ७० रुपैयाँ रहेको साझेदारहरुको भनाई छ। प्रदेश १ सरकारले २० करोड अनुदान दिएपछि सहकारी र निजी क्षेत्रको साझेदारीमा प्लान्ट बन्ने प्रकृया अगाडि बढेको हो।  

प्लान्टमा कामधेनु र सगरमाथाको समान मान  ३ करोड, ८७ लाख, ५५ हजार, ३ सय ८२ लगानी रहेको छ  भने जीवन विकासको ८६ लाख, १२ हजार ३ सय ६ रुपैया लागानी  रहेको छ।  कामधेनु र सगरमाथाको समान ४५/४५ प्रतिसत स्वामित्व हुने प्लान्टमा  जीवन विकास डेरिको ५ प्रतिसत स्वामित्व हुनेछ। प्लान्टमा पचार हजाल लिटर दुधबाट ५ टन पाउडर दैनिक उत्पादन हुने व्यवस्थापनको नेतृत्व गर्ने कामधेनुका अध्यक्ष बाबुराम दाहालले बताए।  सहकारी र निजी क्षेत्रले संयुक्त व्यवशाय गर्नको लागी आफूहरुले  कानुनि सम्झौता गरेर काम सुभारम्भ गरेको दाहालले बताए। 

‘मिल्क पाउडर प्लान्ट स्थापना र संचालन परियोजना’ नामक परियोजनाको प्लान्ट प्रदेश १ को दोश्रो मिल्क पाउडर प्लान्ट हो। हाल विराटनगरमा दुग्ध विकास संस्थान (डिडिसि)को एउटा पाउडर प्लान्ट रहेको छ । डिडिसिको प्लान्टले पनि  पाँच टन पाउडर मिल्क दैनिक उत्पादन गरिरहेको  छ। 

हाल दैनिक १५ हजार लिटर दुध मात्रै खपत गर्दै आएको इटहरीको कामधेनुले पाउडर प्लान्ट बनेपछि मिल्क होलिडे (सहकारीले किशानबाट दुध नलिने दिन)को पुर्ण अन्त्य हुने र थप ३० जनाले रोजगार पाउने बताएको छ। संस्थाका अध्यक्ष बाबुराम दाहालका अनुसार प्लान्ट बनेपछि थप तीस जनाले रोजगार पाउनेछन भने प्रदेश १ को बढि भएको दुध बाहिर जानेछैन। ‘अहिले हामीले दैनिक १५ हजा लिटर दुध लिन्छौँ र हप्तामा एक दुइ दिनको बढि दुध चितवन, हेटौडा, काठमाण्डौ पठाउँछौँ’, दाहालले भने, ‘हप्तमा दुइ ट्यांकर दुध प्रदेश १ बाट बाहिर जान्थ्यो तर अब प्लान्ट संचालन भएपसँगै यो समस्याको अन्त्य हुनेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।