आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रचण्ड र विप्लपलाई मारेर गणतन्त्र संस्थागत हुँदैन’

‘प्रचण्ड र विप्लपलाई मारेर गणतन्त्र संस्थागत हुँदैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले को बन्ने प्रधानमन्त्री बन्ने भन्ने विषय नेकपा भित्रको घरको कुरा भएको बताएका छन्। उनले सो विषयमा नेपाली कांग्रेस प्रवेश गर्न नचाहने बताए। 

नेता शर्माले नेपाली कांग्रेस जिल्ला समिती रुपन्देहीको सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘को बन्ने प्रधानमन्त्री भन्ने विषय उहाँहरूको घरायसी कुरा हो। प्रचण्ड बन्नुस वा अरु कुनै यो विषयमा प्रवेश गर्न हामी चाहदैनौ। ’ 

प्रवक्ता शर्माले प्रचण्डलाई मारेर जनगणतन्त्र नआउने र विप्लपलाई मारेर गणतन्त्र संस्थागत नहुने भन्दै सरकार र नेत्र विक्रम चन्द विप्लपको ध्यानकर्षणसमेत गराए। उनले भने, ‘ विप्लपहरुले बुझ्नु पर्छ प्रचण्डलाई मारेर जनगणन्त्र आउदैन। त्यसैगरी सिंहदरबारमा बस्ने ओलीले जी ले पनि बुझ्नु पर्छ विप्लपलाई मारेर, विप्लपको रगत चढाएर पनि गणतन्त्र संस्थागत हुँदैन।’

उनले संविधान बनेपछि कांग्रेसले बारम्बार मधेसमा धोती लगाउने होऊन वा पहाडमा टोपी लगाउनेहरू सबै देशभक्त हुन् भन्ने गरेको तीनलाई कम्युनिस्ट सरकारले बराबर सम्बोधन गर्न नसकेको बताए। उनले कम्युनिस्ट सरकार दिनप्रतिदिन अधिनायकबादी हुँदै गएको पनि आरोप लगाए।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइराले सरकारी अधिनायकबादकोविरुद्ध सुझबुझका साथ संघर्ष गर्नुपर्ने बताए। कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व तथा सचिव रामकृष्ण खाणको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेताहरू भरत शाह, बालकृष्ण खाण, देवदह नगर प्रमुख हिरा बहादुर खत्री लगायतले बोल्दै सरकार दिनप्रतिदिन निरंकुश बन्दै गएको भन्दै सरकारको तिब्र आलोचना गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।