आइतबार, साउन २४, २०८३

सरकार उल्टो बाटोमा हिड्यो : पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार उल्टो बाटोमा हिडेको आरोप लगाएका छन्। ‘संघियता र संविधानताको मर्मविपरित सरकार उल्टो बाटोमा हिडेको छ,’ शनिबार सुर्खेत आएका नेता पौडेलले भने ‘प्रदेश र स्थानीयको अधिकारलाई नदिएर केन्द्रिकृति सोचबाट सरकार अगाडी बढ्न खोज्दै छ।’

जनप्रतिनिधिहरूलाई बाइवास गरेर बजेट ल्याएको बताउँदै पौडेलले जनताभन्दा पनि कम्युनिस्टका कार्यकर्ता मोटाउने गरी बजेट आएको आरोप लगाए। ‘सांसदलाई करोडौं रकम दिने र कार्यकर्ताहरूको उपभोक्ता समिती बनाएर भ्रष्टाचार गर्ने मनसायले बजेट आएको छ,’ पौडेलले भने, ‘दुई तिहाइको दम्भ देखाएर सरकार तानाशाह बन्न खोज्दै छ।’ उनले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिने र न्यायालय लगायतका संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने प्रवृतिले सरकार तानाशाही भएको पुष्टि गर्ने बताए। 

चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने बताउँदै नेता पौडेलले कम्युनिस्टको विकल्प खोज्न थालेको उल्लेख गरे। ‘हिजो चुनावमा जाँदा कम्युनिस्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन्। चुनावमा स्वर्गका सपना देखाएका कम्युनिष्टहरुले जनमतको दुरुपयोग गरिरहेका छन्।’ नेता पौडेलले भने, ‘अब कम्युनिस्कोट विकल्प काँग्रेसनै हो ।’ अहिले जनताको आवश्यकता खानेपानी भएपनि प्रधानमन्त्री ओलीले पानीजहाज ल्याउने सपना देखाएर जनतालाई मुर्ख बनाउने गरेको उनको तर्क थियो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।