आइतबार, साउन २४, २०८३

सरकारी शैली निरंकुशतावादी : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – नेकपा नेतृत्वको सरकार निरंकुश हुदै गएको भन्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला समिति रुपन्देहीको मधवलियामा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै देउवाले मिडीया, न्यायलय, मानबअधिकार आयोग सबैमाथि सरकारले विभिन्न बहानामा अंकुश लगाउन खोजिएको भन्दै सरकारविरुद्ध आक्रोस व्यक्त गरे। उनले भने, ‘जुन देशमा स्वतन्त्र न्यायपालिका, स्वतन्त्र मिडीया हँुदैन त्यहा प्रजातन्त्र रहन सक्दैन। वर्तमान सरकार पञ्चायत भन्दा पनि बढी नियन्त्रणमूखी हुँदै गएको छ। यो गलत हो।’

उनले सरकारले हरेक क्षेत्रमा गर्दै आएको हस्तक्षेपकारी कार्यको भण्डाफोर जरुरी रहेको बताए। उनले कार्यपालिका सधैं अन्याय तर्फ उन्मूख हुन सक्छ भनेर स्वतन्त्र रुपमा स्थापीत न्यायपालिका र मानव अधिकार आयोग स्थापना गरिएको सन्दर्भ उल्लेख गदै ती निकायलाई नियन्त्रण गरियो भने के हुन्छ भन्दै सरकारले ल्याएको बजेट नेकपाको कार्यकर्तालाई पाल्ने ढंगले आएको बताए।

देउवाले ओली सरकारले देशको सम्पतिमाथी लुट मच्चाइरहेकोसमेत आरोप लगाए। उनले त्यसको कांग्रेसले विरोध गर्ने बताए। उनले भने, ‘सरकारले विदेशबाट आएको सहयाता, जनताले तिरेको कर माथी कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको छ।’ सम्बोधनको अधिकांश समय सरकार विरुद्ध बोलेका उनले ओली सरकार नसच्चिए इतिहास बोकेको कांग्रेस सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने पनि चेतावनि दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।