आइतबार, साउन २४, २०८३

यार्सा संकलकको २० लाखको बिमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– यार्सागुम्बा संकलन गर्न बैधानिक हिसाबले वन क्षेत्रमा प्रवेश गर्नेका लागि यस वर्षदेखि सरकारले प्रतिव्यक्ति २० लाखसम्मको जीवन बिमा गरिदिएको छ। दार्चुलामा यार्सागुम्बा संकलन गर्न जानेहरूले अब पाँच सयदेखि दुई हजार रुपैयाँसम्म तिरेर अनुमति पत्र अनिवार्य लिनुपर्ने भएको छ। 

अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाले यस्तो व्यवस्था गरेको हो। यार्सागुम्बा संकलनका लागि जिल्लाभित्र तथा बाहिरका संकलकहरूले अब अनिवार्य यस्तो अनुमति पत्र लिनुपर्नेछ। 

जेठको दोस्रो सातादेखि असार पहिलो सातासम्म यार्सा संकलनका लागि हिमाली क्षेत्रमा रहेका पाटन तथा वन क्षेत्र खुला गरिने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए। 

यसरी वैधानिक हिसाबले वन क्षेत्रमा प्रवेश गर्नेका लागि यस वर्षदेखि सरकारले प्रतिव्यक्ति २० लाखसम्मको जीवन बिमा गरिदिएको छ। सरकारले बिमा गरिदिएपछि आफूहरूमा यार्सा संकलन गरिदिएपछि यार्सा संकलन गर्न जानेहरुले आफूहरूमा उत्साह थपिएको बताउने गरेका छन्।

गत वर्ष मात्रै पाचँ सय ५४ किलोग्राम यार्सा दार्चुला जिल्लाबाट निकासी भएको र एक करोड ६६ लाख २० हजार राजस्व संकलन भएको थियो। यस वर्षदेखि पाटनहरूमा यार्सागुम्बा संकलकका लागि अवैध तथा अनुमति नलिएरै जानेहरूको नियन्त्रण र निगरानीका लागि तिंकर र छाङरु क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ। यसवर्ष ५ देखि ६ हजारको संख्यामा यार्सा संकलकहरु पाटन जाने अनुमान गरिएको छ। 

जिल्लाको खण्डेश्वरी, सितोला, राप्ला र व्याँसलगायत उच्च हिमाली भेगका पाटनहरुमा यार्सागुम्बा पाइने गरेका छन्। यार्सागुम्बा तथा हिमाली जडीबुटीबाट दार्चुलाका उत्तरपश्चिम भेगका जनताहरूले ठूलो आम्दानी गर्ने गरेका छन्।

सरकारले बिमा गरिदिएपछि आफूहरूमा यार्सा संकलन जाने उत्साह थपिएको स्थानीयले बताएका छन्। यसरी यार्सा संकलन गर्न जानेहरूले प्रतिदिन ५ सय वटासम्म संकलन गर्ने गर्छन्। सिजनमा प्रतिव्यक्ति पाँचदेखि सात लाखसम्म र एक परिवारले १५ देखि २० लाखसम्म आम्दानी गर्ने गरेका यार्सा संकलक अमर बोहोराले बताए। प्रतिगोटा पाचँ सय रुपैयाँका दरले वनमै बिक्री गर्ने गरेको संकलकहरू बताउने गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।