आइतबार, साउन २४, २०८३

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्दार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई एअरलिप्ट गरेर नेपालगंज लगिएको छ। वुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२वर्षीया रमिला रोकायालाई सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगञ्ज गरिएको हो।

सुत्केरी हुने अवस्थामा पुगेकी रमिलाको पेटमा रहेको वच्चाले दिसा खाएकोलाई अन्यत्र लैजान भनेपछि  एअरलिप्ट गराइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश चौधरीले बताए। बच्चाको टाउको समेत ठूला देखिएकोले कोल्टीमा प्रसुती सेवा दिन गाह्रो भएको पनि डाक्टर चौधरीले बताए। 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा कोल्टीबाट एअरलिप्ट गराइएको हो। मन्त्रीलाई गर्भवती महिला र बच्चाको ज्यान जोखिममा भन्ने खबर आउने वित्तिकै हेलिकोप्टर खोज्न थालेका हौ बल्ल १२ बजे मात्रै कोल्टीबाट उद्धार गर्न सम्भव भएको मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले बताए।

सामाजिक विकास मन्त्रालयले यसअघि पनि बझाङ र बाजुराबाट सुत्केरी महिलालाई एअरलिप्ट गरेर उपचारका लागि नेपालगञ्ज र कोहलपुर लगेको थियो। सो मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य सम्वन्धी गम्भीर समस्या परे एअरलिप्ट गर्ने नीति लिएको छ। सबैभन्दा पहिले २०७५ असारमा बझाङको थलारा गाउँपालिकाबाट एअरलिप्ट गरेर २५ बर्षिया धुमा सार्कीलाई नेपालगञ्ज लगिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।