आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन् : पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्नुस्

प्रचण्ड भन्छन् : पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्नुस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने बताए।

प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारीमा कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गरे। दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने बताउँदै प्रचण्डले परिस्थिति अनुकुल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताए।

पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन उनले आग्रह गरे। 

फरक प्रसंगमा प्रचण्डले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल-भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने दाबी गरे। हिजोका घटनाबाट नेपाल भारत दुबैले शिक्षा लिइसकेको बताउँदै उनले मोदी, भारत सरकार र नेपालले पनि त्यस खालका परिस्थिति फेरि नहोदोरियोस् भन्नका निम्ति सतर्कता अपनाएकोले भारतको विदेश मन्त्री को हुन्छ भन्ने कुराले अब असर नपार्ने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।