आइतबार, साउन २४, २०८३

नेपालमै कलेजोको सफल प्रत्यारोपण, भारतभन्दा सस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ।  प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पतालमा तीन वर्षको प्रयासपछि शुक्रबार कलेजोको सफल प्रत्यारोपण भएको हो। 

प्रा.डा भण्डारीको नेतृत्वमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिमा उनकी छोरीले दिएको कलेजोको सफल प्रत्यारोपण गरिएको हो। शिक्षण अस्पतालमै प्रत्यारोपण सफल भएपछि भारत जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। भारतभन्दा नेपालमा कलेजो प्रत्यारोपण सस्तो हुने अस्पतालले जानकारी दिएको छ। भारतमा एक करोडसम्म खर्च लाग्ने प्रत्यारोपणको खर्च नेपालमा भने २५ लाखमै हुनेछ।
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।