आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘विवादित’ काङनाङ विश्वविद्यालयसँग त्रिविको शैक्षिक सम्झौता

‘विवादित’ काङनाङ विश्वविद्यालयसँग त्रिविको शैक्षिक सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिएको भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ। सो विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले त्रिविका कुलपतिसमेत रहेका ओलीलाई सो उपाधि प्रदान गरेका थिए।

त्रिविका उपकुलपति तीर्थराज खनियाँले प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि प्राप्त गरेको भोलिपल्टै बिहीबार प्रेसिडेन्ट युनसँग पाँच वर्ष शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सहमति गरेका हुन्। सो विश्वविद्यालय रहेको क्रिस्चियन धर्म प्रचारक संस्था भन्ने सार्वजनिक भएपछि सो विषय विवादमा परेको थियो।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. भूपप्रसाद धमलाका अनुसार बिहीबार प्रेसिडेन्ड युन त्रिवि उपकुलपति कार्यालयमै आएका थिए। ‘प्रेडिसेन्ड युन र उपकुलपति खनियाँले संयुक्त रूपमा पाँच वर्ष शैक्षिक आदानप्रदान गर्नेबारे समझौतापत्रमा हस्ताक्षर नै गर्नुभएको छ,’ धमलाले भने, ‘काङनाङ विश्ववद्यालय र त्रिविबीचको सम्बन्ध सन् २०१७ मै सकिएको थियो।’ उनले थपे, ‘यस वर्ष प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि काङनाङले दिएको भोलिपल्टै त्रिविले पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको लिखित प्रमाण अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा छ।’

उनले दुवै देशका शिक्षक–विद्यार्थीले विशेष परिस्थितका विद्यार्थीको उच्च शिक्षामा पहुँच कसरी पुर्याउनेबारे शैक्षिक सामग्री, पाठ्य सामग्रीलगायत विषयमा शैक्षिक गतिविधि र अनुसन्धान परियोजना आदान–प्रदान सम्झौता भएको उललेख गरे। (नागरिक दैनिक) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।