काठमाडौं - अष्ट्रियाको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन एक साता लामो भ्रमण सकेर शनिबार स्वदेश फर्कँदै छन्। उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४