काठमाडौं – काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयवस्तुलाई आफ्नो प्राथमिकतामा पारेका छन् भने केही राष्ट्रिय दैनिकले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा नेपाली सञ्चारकर्मीहरुसँग गरेको कुराकानीलाई प्राथमिकतामा साथ प्रकाशन गरेका छन्।
शनिबारको कान्तिपुरले 'दाहालको दबाबबारे प्रधानमन्त्रीले भने, नेपालको राजनीतिको स्तर' भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ भने अन्नपूर्ण पोष्टले ओलीसँगको संवादलाई 'दाहाललाई ओलीको व्यंग्यात्मक जवाफ : सरकार ४–५ दिनमै ढल्छ' शिर्षकमा समाचार प्रकाशन गरेको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पार्टी एकीकरणका क्रममा आलोपाले सरकार चलाउने सहमति भएको प्रसंग निकाल्दै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका ओलीले नेपाल फर्कने क्रममा शुक्रबार दिल्लीमा पत्रकारसँग कुरा गर्दै व्यंग्यात्मक शैलीमा आफ्नो कार्यकाल एक वर्ष नभइ ४–५ दिन मात्रै रहेको बताए। उनले भने, ‘मेरो कार्यकाल एक वर्ष होइन, ४–५ दिनमात्रै बाँकी छ।’
आलोपालो सरकार चलाउने सहमति पुरानै भएको बताउँदै उनले यो गोप्य सहमति नभएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘यो कुनै गोप्य दस्तावेज होइन। उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन्। यो त नेपालको राजनीतिको स्तर र चरित्र हो।’
यस्तै शनिबारको नयाँ पत्रिकाले गाउँ काकाकुल तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा शिर्षकमा समाचार प्रकाशन गरेको छ।
सिन्धुलीको हरिहपुरगढीमा पानीको हाहाकार छ। तीन घण्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी। खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन्। तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं. २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४