आइतबार, साउन २४, २०८३

चीन -भारतबीचको नाकामा पुग्यो नेपाली फौज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– नेपाल–भारत र चीनको त्रिदेशीय नाका दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई शुक्रबार सो नाकामा पुर्‍याइएको हो।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। त्रिदेशीय नाका छागरु र तिङ्करका स्थानीयवासीको बसाइसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै सञ्चार माध्यममा समाचार आएपछि नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पुर्‍याइएको हो।

स्थानीय सर्वसाधारणले छाङगरु तिङकर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ। सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका भए पनि नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन्। 

स्थानीयवासीले भारतीय बाटो भएर बसाइ सरे पनि प्रहरीका लागि हतियार लिन जान समस्या भएकाले हेलिकप्टर प्रयोग गर्न बाध्य भएको डिएस्पी शाहीले बताए। नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि अवरुद्ध छ। भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्णरुपमा अवरुद्ध भएको हो।

भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ। भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ। बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पुर्‍याएको हो। प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पुर्‍याएको हो। राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।