भैरहवा– सरकारले ल्याएको बजेट बितरणमूखी भएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन्। नेता बैद्यले सरकारको नेतृत्व आलोपालो गर्ने कुरा पनि गलत भएको बताए।
उनले नेकपा अध्यक्ष पुष्प कमल दाहाल र प्रधानमन्त्री केपी ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्ने सुन्नमा आएको बताउँदै उक्त कार्य अत्यन्तै निन्दाजन्य भएको बताए। उनले भने, ‘सरकार पनि आलोपालो चलाउछन्।’
वैद्यले भने, ‘केपी ओलीले तीन वर्ष र प्रचण्डले दुई वर्ष आलोपालोमा सरकार सञ्चालन गर्ने गोप्प सहमति भएको भन्दै कुरा बाहिर आएको छ। यस्तो लज्जासपद कायम पनि हुन्छ।’
वैद्यले सरकार एकपछि अर्को गर्दै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिंदै गएको र वर्तमान सरकारप्रति जनमत राम्रो नदेखिएपछि आफ्ना कमजोरी ढाकछोप गर्ने निहित स्वार्थले मिडिया काउन्सील विधेयक ल्याइएको दाबी पनि गरे। उनले मिडीयालाई नियन्त्रण गर्न खोज्नु अत्यन्तै गलत भएको पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४