आइतबार, साउन २४, २०८३

जनकपुर–जयनगर रेल : अझै कति कुर्नुपर्ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल गुड्न थप पाँच महिना कुर्नुपर्ने भएको छ। भारतबाट इन्जिन र बोगी खरिद गर्ने सम्झौता भइसकेपनि भारतमा हालै सम्पत्र लोकसभा निर्वाचनका कारण नेपाल भित्रिन समय लाग्ने भएकोले ढिलाइ हुने भएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सञ्चालन हुन ४/५ महिना लाग्न सक्ने बताएका छन्। ‘रेल खरिद गर्ने आदेश भइसकेको छ। रेल खरिद गर्न भारतसँग सम्झौता पनि भइसकेको छ,’ नेपाल समयसँग कुरा गर्दै महानिर्देशक मिश्रले भने, ‘हामीले चाँडै रेल सञ्चालन गर्ने योजना बनाएका थियौं। तर, भारतको लोकसभा निर्वाचनका कारण केही ढिला हुने भएको छ।’ चुनावका कारण भारतको सरकारी कम्पनीलाई आचारसंहिता लागेकोले रेल ल्याउन ढिलाइ भएको उनले बताए।

४/५ महिनाभित्र तयार भएर नेपाल आएलगत्तै रेल सेवा सञ्चालन हुने मिश्रले जानकारी दिएका छन्। ‘रेल निर्माण कार्य सुरु भइसकेको छ, तयार भएर आएलगत्तै रेल सेवा सञ्चालनमा आउनेछ,’ मिश्रले भने, ‘निश्चित मिति भन्न नसकिए पनि आउँदो ४/५ महिनाभित्र रेल सेवा सुरु हुनेमा हामी विश्वस्त छौं।’

जनकपुर–जयनगर रेलको उद्घाटन कसले गर्ने भत्रे प्रश्नको जबाफमा मिश्रले यसबारे अहिले कुनै टुंगो नलागेको बताउँदै भने,‘पहिले रेल आउनु पर्‍यो, त्यसपछिमात्र कसले उद्घाटन गर्ने कुराको निक्र्यौल हुने हो।’

नेपालले भारतसँग कर बाहेक ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा इन्जिन र १० वटा बोगी (डब्बा) खरिद गर्ने सम्झौता गरेको छ। रेल विभागले भारतको सरकारी कम्पनी कोकण रेलवे कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेको हो।

रेलको प्रत्येक सेटमा पाँचवटा बोगी रहने र ती बोगीहरुमा एकपटकमा एक हजार तीन सय यात्रु यात्रा गर्ने सक्ने बताइएको छ। नेपालले पहिलो रेल जयनगरदेखि जनकपुरको कुर्थासम्म सञ्चालन गर्ने भएको छ। जयनगरदेखि कुर्थासम्मको दुरी ३४ किलोमिटर रहेको छ। सरकारले रेल खरिद गर्न विभागलाई गत चैत्र महिनामा स्वीकृति दिइसकेको छ।

सम्झौताअनुसार भारतले १६ सय हर्सपावरको दुईवटा रेलसेट उपलब्ध गराउने भएको छ। रेलमा एउटा ‘ड्राइभिङ पावर कार’ तीनवटा ‘ड्राइभिङ टेलर’ सहित आधुनिक प्रविधि जडान गरिएको हुनेछ। रेलको बोगी भारतको तमिलनाडुको चेन्नईस्थित इन्टिग्रेटेड कोच कारखानामा निर्माण भइरहेको बताइएको छ।

नेपाल–भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर–कुर्था ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ।

कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई विस्थापित गरी ब्रोडगेजको रुपमा विस्तार गरिएको हो। यसैगरी कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म पनि रेलमार्ग निर्माण कार्य भइरहेको छ। सन् २०१४ देखि रेलमार्ग निर्माण भएपछि जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।