आइतबार, साउन २४, २०८३

कल बाईपास गर्ने भारतीय नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विशेष सूचनाका आधारमा प्रहरीले अबैध अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटीएको टोलीले महराजगन्ज थाना नौतनवा ग्राम सोनौली भारत घर भएका खुर्सेद अन्सारीलाई पक्राउ गरेको हो। उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्दै आएका थिए।

अन्सारीले नेपाल दुर संचार प्रणालीमा हानी नोक्सानी हुने VOIP (Voice Over Internet Protocol) संचालन गरेको पाइएकोले उनको बस्ने कोठा खानतलासी गर्दा कल बाईपास गर्ने सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अन्सन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।