आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगार व्यवसायी आन्दोलित, कामदारले टिकट पाएनन्

वैदेशिक रोजगार व्यवसायी आन्दोलित, कामदारले टिकट पाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि राखेको धरौटी रकममा ब्याज पाउनुपर्ने लगायतका माग राखेर म्यानपावर व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनका क्रममा उनीहरुले भिसा लागिसकेका कामदारलाई विदेश पठाउन एक हप्तासम्म हवाई टिकट नकाट्ने भएका छन्। यसरी हवाई टिकट नकाट्दा हजारौं युवा प्रभावित भएका छन्।

सरकारले लागू गरेको नयाँ व्यवस्थाअनुसार म्यानपावर व्यवसायीले पचास लाख रुपैयाँसम्म धरौटी राख्नुपर्छ। नेपालमा हाल १२ सय ७५ वटा म्यानपावर व्यवसायी छन्। उनीहरुबाट धरौटीबापत उठाएको रकम सरकारले निर्ब्याजी रुपमा चलाएको छ।

व्यवसायका लागि राखिएको घरौटी रकम न्यूनतम ब्याज पाउनुपर्ने मुख्य माग रहेको वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष टंक राउतले बताए। तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन। सोही कारण सरकारले धरौटीमा ब्याज नदिएको हो।

‘विभिन्न शैक्षिक संस्था, कन्सल्टेन्सी, बिमा व्यवसाय गर्नेहरुले धरौटीमा राखेको रकमको ब्याज पाउनुपर्ने माग राखेर आन्दोलन गरेका हौं,’ राउतले भने।

नियमावली संशोधन गरेर भए पनि धरौटी ब्याज दिनुपर्ने बताउँदै राउतले भने, ‘झन्डै साढे ६ अर्ब रकमको न्यूनतम ५ प्रतिशत भए पनि प्रतिवर्ष कम्तीमा ३१ करोड रुपैयाँभन्दा बढी ब्याज आउँछ, जसले व्यवसायीलाई केही राहत मिल्छ।’

धरौटी रकम पूरा गर्न नसक्ने व्यवसायीलाई मर्जमा जान प्रोत्साहित गर्नुपर्ने, कम्पनी मर्ज भएमा उनीलाई उपयुक्त छुटको सुविधा र सहुलियत दिनुपर्ने माग पनि व्यवसायीले अघि सारेका छन्।

त्यस्तैगरी एक वर्षदेखि बन्द मलेसियामा कामदार पठाउने प्रक्रिया खुला गर्नुपर्ने माग व्यवसायीको छ। विदेशस्थित नेपाली दूतावासका कर्मचारीले विभिन्न बहानामा दुःख दिएर अनुचित लाभ लिन खोजेकाले त्यसमा सरलीकरण गर्न व्यवसायीहरुले माग राखेका छन्।

पूर्व वरिष्ठ उपाध्यक्ष राउतका अनुसार विदेश पठाउँदा लिइने सेवाशुल्क व्यावहारिक र वैज्ञानिक बनाउनुपर्ने पनि माग छ।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलन गरे पनि उनीहरुले अहिलेसम्म मन्त्रालयमा कुनै पनि माग राखेर नआएको दाबी गरेका छन्। उनले भने, ‘सरकार व्यवसायीको मागबारे छलफल गर्न तयार छ। तर उनीहरु अहिलेसम्म पनि माग लिएर आएका छैनन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।