आइतबार, साउन २४, २०८३

मोदी र ओलीबीच भेटवार्ता, उपहार रुद्राक्षको माला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। मोदीको शपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका ओली र मोदीबीच शुक्रबार दिउँसो दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो। 

भेटमा दुई देशबीचको आपसी सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। यस्तै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् भने दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध तथा जनताबीचको सम्बन्ध अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी दिएका छन्। भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिए। 

भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुसी व्यक्त गरे। बिहीबार सपथमा सहभागी भएका प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो पौने ४ बजे स्वदेश फर्कने कार्यक्रम छ। 



 

Best wishes from the friendly people of Nepal

A special gift of Rudraksh for PM @narendramodi from Prime Minister of #Nepal K.P Sharma Oli. pic.twitter.com/dG61PXz8SD

— Raveesh Kumar (@MEAIndia) May 31, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।