काठमाडौं- भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण शुक्रबार (आज) पनि मेघगर्जनसहित वर्षा भीषण हुने भएको छ ।
देशका पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागका केही ठाउँमा मौसम वदली भइ मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यामा पनि मेघगर्जनसहित वर्षा हुने मौसमविद्हरुले जनाएका छन् ।
दिउँसो वर्षा हुने क्षेत्रहरुमा राति पनि वर्षा हुने सम्भावना रहेको मौसामविद्हरुले बताएका छन । अबको २ दिन देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।
यस्तो हुनेछ अबको तीन दिनको मौसम
जेष्ठ १७ गते (शुक्रबार)
दिउँसो: देशका पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ १८ गते (शनिबार)
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि सामान्य वदली रही पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १९ गते (आइतबार )
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि सामान्य वदली रही पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४