आइतबार, साउन २४, २०८३

नेपाल-भारत सीमामा कति बने नयाँ पिल्लर ?     

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिल्लर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा मुख्य र सहायक गरी ७७ वटा नयाँ पिल्लर निर्माण गरिएको जनाएको छ। 

नेपालका तर्फबाट संयुक्त सीमा सर्भे चार नम्बर टोलीका प्रमुख तथा नापी अधिकृत जनकराज भट्टले दोस्रो चरण अन्तरगत गत मंसिरदेखि काम सुरु गरिएकोमा ४९ वटा नयाँ पिल्लर निर्माण गरिएको जानकारी दिए।

उनका अनुसार दोस्रो चरणमा एक सय वटा पिल्लर मर्मत सम्भार गरिएका छन्। यसअघि गत वर्ष संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा २८ वटा नयाँ पिल्लर निर्माण तथा ७० पिल्लर मर्मत सम्भार गरेको थियो। विवादित भएको स्थानमा पिल्लर निर्माण गर्न समस्या भइरहेको संयुक्त सीमा सर्भे टोलीले जनाएको छ। 

कैलाली र कञ्चनपुरका कतिपय स्थानमा अहिले पनि विवाद रहेकाले काम गर्न नसकिएको बताईएको छ तर कतिपय स्थानमा स्थानीयले समझदारी जनाएपछि निर्माणको काम भएको संयुक्त सीमा सर्भे टोलीले जनाएको छ।

कैलालीको मारियाघाटमा गत वर्ष विवादकै कारण काम रोकिएपनि स्थानीयको सहमतीपछि यसवर्ष चार वटा पिल्लर निर्माण गरिएको नेपालका तर्फबाट संयुक्त सीमा सर्भे टोलीका प्रमुख जनकराज भट्टले जानकारी दिए। तर फुलबारी र कञ्चनपुरको पुर्नवास क्षेत्रमा विवादकै कारण पिल्लर निर्माण गर्न नसकिएको भट्टले बताए। विवादका कारण फुलबारी क्षेत्रमा ६ वटा पिल्लर निर्माण हुन नसकेको उनले बताए।  

गत वर्षदेखि कैलालीको खक्रौलाको पिल्लर नम्बर ७ सयदेखि सीमा स्तम्भहरूको मर्मत सम्भार र हराएका स्तम्भ खडा गर्ने कार्य थालेको टोलीले विवादित स्थानको समाधान अझै निकाल्न सकेको छैन्। अहिले पनि कैलालीको फुलबारी, नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वासका विभिन्न क्षेत्रको सीमा विवाद कायमै छ। 

दुवै देशका अधिकारीहरुले संयुक्त सीमा सर्भे प्रगती समिक्षा गरेका छन्।  बिहिवार धनगढीमा बसेको दुवै देशका अधिकारीको बैठकमा सीमा सर्भेको प्रगती समिक्षा गरिएको हो। समिक्षा बैठकमा संयुक्त सीमा सर्भे टोलीका साथै कैलाली कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाका सुरक्षा अंगका प्रमुखको सहभागिता रहेको थियो। 

बैठकले सीमा सर्भेका क्रममा देखिएका असमझदारी र समस्यालाई वार्ताको माध्यमबाट हल गरी अगाडी बढ्ने सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज  बोहोराले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।