आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘धैर्यको बाँध टुट्न नदिन सामाजिक र बृद्धभत्ता बढाइएको हो’

‘धैर्यको बाँध टुट्न नदिन सामाजिक र बृद्धभत्ता बढाइएको हो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले जनतालाई धेरै कुराउनु राम्रो नभएकोले लोकप्रिय बजेट ल्याएको बताएका छन्। विहीबार अर्थमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले गत वर्ष जनताको धैर्यको बाध टुट्न नदिन बृद्ध भत्ता र सामाजिक सुरक्षाभत्ता बढाएको बताएका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्बको बजेटमा सामाजिक सुरक्षा भत्ता र बृद्धभत्तामा एक हजार बढाएको छ।

तत्कालिन नेकपा एमालेको चुनावी घोषणापत्रमा बृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने जनाएको थियो। चुनाव जितेको पहिलो बजेटमा धेरैले बृद्धभत्ता र सामाजिक सुरक्षा बड्नेमा आशाबादी थिए तर बढेन। आगामी आर्थिक वर्षको लागि भने सो भत्ता बढेको छ।

त्यसैगरी अर्थमन्त्री डा. खतिवडाले सडक मर्मतका लागि वार्षिक १० देखि १२ अर्ब लाग्ने भएकोले सडक सुधारका लागि डिजेल र पेट्रोलबाट प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाएको बताएका छन्। ‘एक रुपैयाँ सडक सुधार कर लिएर हामीले जनतालाई एक रुपैयाँ तिर्नुस् खाल्डोमा पर्नबाट बचाउने जिम्मा हाम्रो भयो', उनले भने।

त्यस्तै उनले सरकारले एक रुपैयाँ सडक कर लिने घोषणा गरेसँगै आयल निगमले भाडा बढाएको विषयमा स्पष्ट पार्दै भने,‘कतिपय नीति नियमहरु यस्ता छन् जुन घोषणा भएको दिनदेखि नै लागु हुने छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।