आइतबार, साउन २४, २०८३

' सांसदलाई ६ करोड बाँडेको होइन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले संसदहरुलाई रकम नबाडिएको स्पष्ट पारेका छन्। बिहीबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दे मन्त्री डा.खतिवडाले संघीय सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्याएको हल्लामा सत्यता नभएको स्पष्ट पारेका हुन्।

प्रति निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ दिएको भन्दै सर्वत्र आलोचित भएपछि उनले बिहीबार स्पष्टीकरण दिएका हुन्। उनका अनुसार सो ६ करोड रुपैयाँ सांसदलाई नभएर उनीहरुको निर्वाचन क्षेत्रको विभिन्न आयोजनाको लागि भएको र आयोजनामा सांसदले आयोजना छनौट र सो आयोजनाको अनुगमन र नियमनसहित गर्न पाउने गरी विनियोजन गरेको दाबी गरेका छन्। 

डा. खतिवडाले भने ‘सांसदहरूलाई पैसा बाँडिएको भन्नु ठीक होइन। त्यो बजेट अनुसारका आयोजना छान्ने अधिकारमात्रै दिइएको हो। छानिएका आयोजना कार्यान्वयनका क्रममा अनुगमनको जिम्मा उनीहरुले पाएका छन्।’ सांसदहरुले ६ करोड रुपैयाँ एक्लै खर्च गर्न पाउने कुरा गलत भएको बताउँदै उनले भने, ‘सांसदले छानेको आयोजनाको सरकारी संयन्त्रले छुट्टै अनुगमन गर्नेछ। जनप्रतिनिधिलाई नै विकासबाट विमुख गराउनु राम्रो होइन।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।