आइतबार, साउन २४, २०८३

बजेटबाट निजी क्षेत्र उत्साहित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – आगामी आर्थिक वर्षको बजेटप्रति निजी क्षेत्र उत्साहित भएको छ। बजेट राजस्वमुखी भन्दा उत्पादनमुखी भएको भन्दै निजी क्षेत्रले प्रशंसा गरेको हो। कपडा उद्योगमा ५० प्रतिशत बिजुली छुट हुनु, कपडाजन्य वस्तु उत्पादन गर्ने उद्योगले लिने कर्जाको ब्याजमा ५ प्रतिशत अनुदान दिनु, नेपालमै उत्पादन गर्न सकिने वस्तु चिनी कफीलगायतका कृषिजन्य सामग्रीको भन्सारदर बढाउनु, कच्चा पदार्थ आयातमा रेडिमेट सामग्री आयातभन्दा एक तहमात्र भन्सार लगाउनुलगायतका विषय सकारात्मक भएको प्रतिक्रिया उद्यमी व्यवसायीले दिएका छन्। 

बजेटले सबै पक्ष समेटेको छ : शेखर गोल्छा

बजेट राजस्वमुखी नभएर उत्पादनमुखी छ। समग्रमा बजेटले सबै पक्षलाई समेटेको छ। बैंक मर्जरदेखि सेयरबजार समेत बढाउने गरी बजेट आएको छ। एनआरएनलाई सेयर बजारमा लगानी गर्नका लागि बजेटले बाटो खोलिदएको छ भने पुँजीगत लाभकर पाँच प्रतिशतमा झारेको छ। यसले गर्दा सेयरबजारले आफ्नो गति समाउने अवस्था छ। 

स्वदेशी उद्योग (जुत्ता, धागोलगायत) लाई प्रोत्साहन गरेको छ। कच्चा पदार्थ र तयारी वस्तु आयातमा एक तहको अन्तर गरेको छ। त्यो पनि सराहनीय छ। यो बजेटले कुनै न कुनै प्रकारबाट उद्योगहरुलाई फाइदा नै पुग्नेछ। 

(वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ)

वित्तीय सुधारले मात्र आर्थिक वृद्धिदर हुँदैन : कमलेशकुमार अग्रवाल

यसपालिको बजेटलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ। बजेट आर्थिक गतिविधि विस्तारमा केन्द्रित छ। शिक्षा, विज्ञान तथा प्रविधि र यातायातका लागि कुल बजेटको २६.८० प्रतिशत विनियोजन गरिएको छ। यो निक्कै राम्रो कुरा हो। सरकारले उत्पादनमुखी बजेट ल्याएको छ। अनावश्यक आयात घटाउन भन्सार वृद्धि गरिएको छ। 

उद्योग प्रवर्द्धनका लागि विद्युत् महसुलदरमा ५० प्रतिशत, बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदानको घोषणा गरेको छ। यस्ता प्रावधानले उद्योग व्यवसायलाई सहज हुनेछ भने आन्तरिक उत्पादन वृद्धि हुनेछ। बजेटले कच्चा पदार्थको भन्सार महसुल घटाएको छ। 

अब नेपालमै उत्पादन हुने सामग्रीका लागि ल्याइने कच्चा पदार्थ सस्तो र उताबाट आयातित सामान महँगो पर्न गई आन्तरिक उत्पादन प्रवर्द्धन हुनेछ। व्यक्तिगत आयकर र दम्पती आयकरको सीमा बढाइएको छ। अग्रिम आयकर घटाइएको छ भने कर छुटका लागि आर्थिक ऐन संशोधन गरिने बताइएको छ जुन राम्रो कुरा हो। 
(उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स)

कार्यान्वयन हेर्नुपर्छ : पवन गोल्यान 

पहिलोपटक उत्पादनमुखी बजेट आएको छ। अहिलसम्मका अर्थमन्त्रीले राजस्वलाई छोडेर उत्पादनमूलक उद्योगलाई जोड दिएको देखेको थिइनँ। तर, डा. युवराज खतिवडाले त्यो आँट गर्नुभएको छ। सबैभन्दा राम्रो पक्ष यही हो। अब कार्यान्वयन पक्ष हेर्नुपर्छ।

निर्यात बढाउन पहल गरेको देखिन्छ। कच्चा पदार्थ र तयारी वस्तु आयातमा केही फरक राखिएको छ। तर, पनि केही नराम्रा कुरा राखिएका छन्। जस्तो : रासायनिक मलको अनुदान ९ अर्ब रुपैयाँ पुर्याइएको छ भने धागो उद्योगको हकमा बजेटमा दुई पटक सो शब्द पारिए पनि खासै कुनै ठोस कुरा आएन। गार्मेन्ट कपडा र धागो आयात हुँदा भन्सार बढाउनुपर्ने थियो तर त्यो देखिएन। त्यसबाहेक अन्य कुरा राम्रा छन्। 

(अध्यक्ष, गोल्यान समूह)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।