काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा न्युयोर्कमा हुन लागेको चिफ अफ डिफेन्स कन्र्फेन्समा सहभागी हुन प्रधानसेनापति थापा अमेरिका जान लागेका हुन् ।
९ र १० जुलाईमा आयोजना हुने दुई दिने सम्मेलनमा सहभागी भएर थापाले अमेरिकी सेनाका सकमक्षीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा विश्वभरका प्रधानसेनापतिहरुको सहभागिता रहनेछ ।
प्रधानसेनापति थापाले विश्व शान्तिमा नेपाली सेनाले पुरयाएको योगदानबारे चर्चा गर्नुका साथै शान्ति सेनाले भोगिरहेका समस्या र समाधानका उपायका बारेमा समेत राष्ट्रसंघका उच्च अधिकारीसंग छलफल गर्ने भएका छन् । थापा पनि यसअघि नेपाली सेनाको तर्फबाट शान्ति सेनामा फोर्स कमाण्डरका रुपमा कार्यरत रहेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४