ललितपुर- ललितपुर महानगरपालिका १८ भैंसेपाटीमा भिषण आगलागी भएको छ ।
डिकाली इन्ड्रस्टियल मार्केटिङको केमिकल गोदाममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बिहान साढे ४ बजे आगलागी भएको थियो । आगलागीबाट कुनै मानवीय क्षती नभएपनि ठूलो भाैतिक क्षती भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोदाममा कपडा उद्योगमा प्रयोग गरिने सोडियम हाइड्रोसल्फाइ नामक केमिकलको लिक्विड र पाउडर थियो । केमिकल जलेको हुदाँ पानीले भन्दा केमिकलले नै निभाउनु पर्ने भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भइरहेको प्रहरीको भनाई छ ।
क्षतिको पूरा विवरण आउन बाँकी छ । आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौ तीनै जिल्लाको दमकल प्रयोग भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४