काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भारत जादैं छन् ।
भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित नरेन्द्र मोदीको शपथग्रहण सहभागी हुन प्रधानमन्त्री ओली भारत जान लागेका हुन् । मोदीले आज साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदैछन ।
यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटक भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको छ ।
शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुने भएको छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने कार्यतालिका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४