आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट प्रतिक्रिया : देश डुब्‍ने अन्तर्राष्ट्रिय ऋण, उत्पादनमुखी भएन

बजेट प्रतिक्रिया : देश डुब्‍ने अन्तर्राष्ट्रिय ऋण, उत्पादनमुखी भएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं  - प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले बैदेशिक ऋण ठूलो मात्रामा उठाउनाले समस्या सिर्जना हुने दाबी गरेका छन्। दुई सय अर्बभन्दा बढी अन्तर्राष्ट्रिय ऋण उठाउँदा देश डुब्न सक्ने र ऋणदाताले देशलाई नै नियन्त्रण गर्न सक्ने रिजालले बताएका छन्।

बजेट भाषण पछि रिजालले भने,‘राजश्व संकलन आयातबाट हुने देखिएको छ। यसले परिवर्तन ल्याउँदैन। सरकारले राजश्वको आधारलाई परिवर्तन गर्नुपर्ने थियो। तर गरेन।’

सरकारले रोजगारी सिर्जनातर्फ ध्यान नदिएको बताउँदै रिजालले भने,‘आयात मुखी राजश्वले रोजगार बढाउन सक्दैन।’

यसैबीच, सत्तारुढ नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको बजेटमा पर्याप्त मात्रामा योजनाहरु रहेकोले बजेट सकारात्मक भएको दाबी गरेका छन्।
समाजिक सुरक्षा भत्ता बढाएकोले यसले समाजमा सकारात्मक असर पर्ने उनले दाबी गरे।

‘कयौं नयाँ योजनाहरु आएको छ। पुरानो योजना कार्यन्वयनको पक्षमा पनि यो बजेट छ।’ पाण्डेले भने,‘समग्रमा बजेट राम्रो छ। सर्वसाधारण खुसी हुनु पर्नेछ।’

उत्पादनमुखी भएन : विनोद चौधरी

उद्योगपति एवं सांसद विनोद चौधरीले बजेट उत्पादन मुखी हुन नसकेको प्रतिक्रिया दिएका छन्।

आयातबाट चलेको अर्थतन्त्र ढिकाउ हुन नसक्ने बताउँदै चौधरीले भने,‘यस राष्ट्र निर्माणको सपनालाई पुरा गर्न सक्दैन। आयातको शिर्षकबाट उठेको रकमले महंगी बढाउँछ।’

‘पछिल्लो दश वर्षदेखि आएको ठूलो आकारको बजेट पूर्णरुपमा कार्यन्वयन हुन सकेको छैन।’ चौधरीले भने,‘यस पटकको बजेट पनि कार्यान्वयन हुन सक्ने सम्भावना कम छ।’

गत वर्षको बजेटमा केही परिवर्तन आएको बताउँदै चौधरीले भने,‘निजी क्षेत्रसँग साझेदारी भनिएको छ। तर कार्यान्वयनको पाटो हेर्न अहिले बाँकी छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।